यस्तो पवित्र जिन्दगी बारबार नमिल्न सक्छ।
लाग्छ अब खुसीको समाचार नमिल्न सक्छ।
हिँड्दै बनाउनु छ, हिड्ने नीति विधि पद्धति,
ढुङ्गा हतियार बनाउ हतियार नमिल्न सक्छ।
मेरो रोजाइ भन्दा तिम्रो रोजाइ भिन्न हुँदैगयो,
खुसी पायौ भने नि मेरो प्यार नमिल्न सक्छ।
बालुवाटार बनाउदै छुँ ख्याल राख तिमीलाई
प्रवेशको अनुमती बालुवाटार नमिल्न सक्छ।
तिमीलाई जस्तै मलाई पनि सरकारकै चिन्ता,
जिन्दगीमा फेरि यस्तो सरकार नमिल्न सक्छ।
लाग्छ दुनियाँभन्दा अलग कताकता हिडिएछ,
तिम्रो बस्तिको झै बस्न दरवार नमिल्न सक्छ।
तिमी जस्तै खुसी छु तिम्रो यो चमत्कार देखेर ,
किन लाग्छ हेर्न अब चमत्कार नमिल्न सक्छ।
२०७८/०२/१४ महेन्द्रनगर
Comments (0)
No comments yet. Be the first to comment!