भेट हुनेछ जरुर म त्यहीँ मसानमा छु

भेट हुनेछ जरुर म त्यहीँ मसानमा छु

म मलाई म बनाउने अभियानमा छु।
त्यसैले होला अलिकति थकानमा छु।

कतिले सोच्छन् होला हरायो भनेर
होइन छैन तिमी भएकै मैदानमा छु।

विवेकले निर्देशित विचार व्यक्त गर्छु,
न कसैको बिरोध न त गुणगानमा छु।

जति दगुरे नि आउने गन्तव्य यहीँ हो
भेट हुनेछ जरुर म त्यहीँ मसानमा छु।

के देख्छौ कुन्नि टाढाबाट हेर्दा तिमीले 
म पनि त उपस्थित त्यहीँ बथानमा छु।

कुन फूल रोज्ने त्यो रोजाइ आफ्नो हो
म पनि रोजिने फूलहरूकै बगानमा छु।
             २०७८/१०/१५ महेन्द्रनगर

 

Comment