चिन्ता छ घरमा न दाल छ न चामल छ।

मलाई चिन्ता घरमा न दाल छ न चामल छ।
तिमीलाई चिन्ता लाग्ने केवल यो बादल छ।

कसरी बाँच्ने हो अर्को चुनाबमा भोट हाल्न,
जीवनको भरोसा छैन आज छ कि कल छ।

जनतालाई तातो न छारो आफ्ना लागि भने
मुर्दाहरू बिहान छलफल साँझ छलफल छ।

तिमीले के काम गर्छौ मैले नबुझेको यत्ती हो
दौडिन चिल्लो कार छ आराम गर्न महल छ।

मैले पनि गर्छु श्रम दिनरात नभनी कन तर,
गुजारा गर्न जिन्दगी तड्पिएको पलपल छ।

कसलाई भन्ने कसले पो सुन्छ र हाम्रा कुरा,
मनका बह पोख्ने माध्यम एउटा गजल छ।
                  २०७८/०२/०६ महेन्द्रनगर

 

Comment