जहिले नैतिकताको कुरा नगर न यार, मेरो देशमा नैतिकता हुनेले राजनीति गर्दैन।

##मुक्तक##
                          १)
थाहा थियो यसले जरुर देशमा थिती गर्दैन।
यो कमान्डर हार स्वीकार सितिमिति गर्दैन।

तिमी जहिले नैतिकताको कुरा नगर न यार,
मेरो देशमा नैतिकता हुनेले राजनीति गर्दैन।
                        २)
राजनीतिमा के सम्म गर्दा रहेछन बुझियो।
कति तल तल सम्म झर्दा रहेछन बुझियो।

घनघोर जुँगाको लडाइले तहस नहस भो
सोझा इमान्दार-हरू मर्दा रहेछन बुझियो।
                         ३)
देशमा नमरुन्जेल राजनीति गर्न छोड्दैन।
हसुर्न छोड्दैन मुर्दाले गोजि भर्न छोड्दैन।

देशभक्तहरू अमेरिका बसेर गाली गर्छन,
खान पाए त दुस्मनको खुट्टा पर्न छोड्दैन।
                         ४)
मेरो  देशको यो बेहाल कहिलेसम्म रहन्छ?
मूर्ख जनता र धुर्त नेता जहिलेसम्म रहन्छ।

सतिले सरापेकै देश रहेछ गति नपाउने भो
नभए यस्तो हालत कहाँ अहिलेसम्म रहन्छ।
                          ##!##

 

Comment