
कसैले काका भन्छन कसैले बा भन्छन अचम्म छ।
आफैलाई गाली गर्दा पनि आहा भन्छन अचम्म छ।
तलका भुराहरू देख्दा उनै पण्डितको याद आउँछ,
एउटाले मन्त्र भन्छ अरुले स्वाहा भन्छन अचम्म छ।
कुलङ्गार नै किन नहोस आफ्नो भन्या आफ्नै हुन्छ,
गजबको सन्तान जन्मायौ आमा भन्छन अचम्म छ।
भडाको बुद्धिले बाँचेका छौ बिरोध गर्छौ पो कसरी,
कहिले नखा भन्छन कहिले खा भन्छन अचम्म छ।
विधि भन्छन पद्धति भन्छन मान्छे उराल्छन यसरी,
अन्तिममा आइ खै त मेरो हिस्सा भन्छन अचम्म छ।
जति सुकै भजन गर भगवान बन्न सक्दैनौ ए भक्त!
सवैले भित्री मनको कुरा त कहाँ भन्छन अचम्म छ।
Comment