
मेरो खण्डहर नि खण्डहर जस्तो लाग्दैन।
मेहनतीहरूको बगर बगर जस्तो लाग्दैन।
कति बदलियौ सोचेरै हैरान भएको छु म
सम्झनुपर्छ साथी सकभर जस्तो लाग्दैन।
सपना बोकेर हिंड्नुपर्छ थाक्दा चाहिन्छ
उर्जा बिना त सफर सफर जस्तो लाग्दैन।
केही त मिलाउनु पर्ने भएको छ यो घरमा
किन आजकल यो घर घर जस्तो लाग्दैन।
भुक्छ उज्यालो सडकमा कुकुर भुक्न त
लासहरू बस्ने सहर सहर जस्तो लाग्दैन।
छन् धेरै जना पर्खाइमा तिमीले त पायौ
भाग्यमानी रहेछन् अधर जस्तो लाग्दैन।
Comment