कहिले सुख नपाउने भए बिचरा यी सडकहरू

कहिले सुख नपाउने भए बिचरा यी सडकहरू

कति सहन्छौ यसरी तिमी दासहरू सेवकहरू
टाउकोमा टेकेर बसेका छन् ठालू शासकहरू

तिम्रो हाम्रो बिषयमा पो बोल्ने फुर्सद मिल्दैन
आफ्ना बिषयमा त दिनदिनै बस्छ बैठकहरू

किन यति धेरै मेहनत गर्छन् बनाउछन् भन्थे
केवल आन्दोलनकै निमित्त रहेछन् घटकहरू

अधिकार प्राप्तिको भनेर आन्दोलन गरिएको
आन्दोलनमै दबिए मेरा अधिकारहरू हकहरू

ऐया! भन्दैनन् आत्थु! भन्दैनन् कुल्चिदा पनि
कहिले सुख नपाउने भए बिचरा ती सडकहरू
                       २०७८/१०/१९ महेन्द्रनगर

 

Comment