मान्छे कहाँ उतार्नु पर्छ, कहाँ डुबाउनु पर्छ।

मान्छे कहाँ उतार्नु पर्छ, कहाँ डुबाउनु पर्छ।

तिमीबाट सिकोस सारा मान्छे मनाउनु पर्छ।
कसलाई कसरी झुकाउनु पर्छ उठाउनु पर्छ।

सायद यी नदीहरू ले पनि तिमीबाटै सिके
मान्छे कहाँ उतार्नु पर्छ, कहाँ डुबाउनु पर्छ।

कसले सिकायो तिमीलाई र जान्दा रहेछौ,
तोड्न पनि कमजोर ठाउँमा मर्काउनु पर्छ।

त्यो पनि तिम्रो पेशामा दक्षता हुन्छ जसरी 
सपेरो नै जान्दछ सर्प कसरी नचाउनु पर्छ।

दर्ज छ हिसाब सबैका घातक प्रहारहरूको 
भुल्ने छैन ऊ कसैलाई कसरी सताउनु पर्छ।
                   २०७८/१०/०२ महेन्द्रनगर

Comments (0)

No comments yet. Be the first to comment!

Leave a Reply

Please login to leave a comment.
Top