स्वार्थमा टेकेर नमिल्ने काम गर्नु गराउनु हुँदैन।
इच्छा पूरा गर्न अरुका रहर मार्नु मराउनु हुँदैन।
क्षमता अनुसार सबैको मुल्यांकन गरिनु पर्दछ,
नियतमा खोट छैन भने कसैसँग डराउनु हुँदैन।
मनोबल उच्च राख्नुपर्छ सधैं दुस्मन सामु हुँदा,
बोल्नुपर्दा खुट्टा कमाउनु हुँदैन लर्बराउनु हुँदैन।
एक स्थानमा स्थिर रहनु बलियो पनि मानिन्छ
सम्बन्धहरू नि घरीघरी चलाउनु सराउनु हुँदैन।
यात्रा सधैं एकनास अगाडि नबढ्न सक्छ बस,
अस्तित्व राख्न गुमनाम हुनु हुँदैन हराउनु हुँदैन।

Comments (0)
No comments yet. Be the first to comment!