हुन सक्छ कयौं चुनौतिका बाबजुत हुन सक्छ।
तिमीले चाह्यौ भने सम्बन्ध मजबुत हुन सक्छ।
कहिल्यै बिचार गरिएन यस्तो पनि होला भनेर
कसरी सक्छु भन्न पनि माया अछुत हुन सक्छ।
के गर्छौ रित्तै जान्छौ नाङ्गै जलाइन्छौ एकदिन,
जीवनमा कमाएको सम्पत्ति अकुत हुन सक्छ।
टाढा हुँदा सम्बन्ध कमजोर हुन्छ नसोच तिमी,
चाहे बादल पनि प्रेमपत्र बोक्ने दुत हुन सक्छ।
यसरी तड्पाएर नछोड कि मार कि बाँच्न देउ
यस्तै गरे त एकदिन यो आत्मा भूत हुन सक्छ।

Comments (0)
No comments yet. Be the first to comment!