के तिमी आउँछ्यौ?

आकाश भन्दा पर 
त्याे बादल पारी 
जहाँ दुःखले भरिएको चित्कार छैन
छल छैन कपट छैन
जहाँ अक्सिजन सिलिन्डरको लागि रुनु पर्दैन
जहाँ अस्पतालमा बेडको लागि समाजले भनेको 
ठूलो वडा हुनु पर्दैन
जहाँ कुनै आमाको आँखामा आँशु र
बाबाको निधारमा पसिना छैन
जहाँ चार वटा भित्ता भित्र थुनिनु पर्दैन
जहाँ त्रासको सहारामा जिउनु पर्दैन
जहाँ मूल्य र मान्यता बेचिएका छैनन्
जहाँ मानव जीवनलाई लास गनिदैन
जहाँ मानवता अझै जीवित छ
शून्यता तर्फ डोरी रहेको यस संसार भन्दा 
धेरै पर जहाँ केवल खुसी छ
म पर्खिरहन्छु तिम्राे लागि 
भन के तिमी आउँछ्यौ?
                                           - भुवन जोशि

Comments (0)

No comments yet. Be the first to comment!

Leave a Reply

Please login to leave a comment.
Top