जेभियर इन्टरनेशनल कलेज कालोपुलमा सुरु भयो दुई दिने विज्ञान,प्रविधि तथा व्यापार मेला

जेभियर इन्टरनेशनल कलेज कालोपुलमा सुरु भयो दुई दिने विज्ञान,प्रविधि तथा व्यापार मेला

 

Nepalesexpress । जेभियर इन्टरनेशनल कलेज कालोपुलमा आजबाट दुई दिने विज्ञान,प्रविधी तथा व्यापार मेला सुरु भएको छ ।

जेभियर स्कुल र कलेजमा अध्यनरत विद्यार्थीले निर्माण गरेको विभिन्न सामाग्री  मेलामा पर्दशन गरिएको हो । कार्यक्रममा रोबट र स्मार्ट मल्टी फंशन कारले सबैको ध्यान खिच्न सफल भएको थियो ।

दिगो विकास लक्ष प्राप्तिकालागी वातावरणमैत्री प्रविधी र आविस्कारको पर्दशनीमा स्टल राखिएको थियो । कार्यक्रममा आउने आगन्तुकलाई विद्यार्थीले स्टलको बारेमा जानकारी गराउँदै प्रतिकृया समेत मागेका थिए ।

विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने र विद्यार्थीले मेहेनत गरेर बनाएको सामाग्री अरुलेपनी हुरुन् र अरुलाईपनि सिर्जनशिल र गतिशिल बन्न प्रेरणा मिलोस् भनेर कार्यक्रम आयोजना गरिएको जेभियर इन्टरनेशनल कलेजका प्रधानाध्यापक दिपेन दाहालले आशाका किरणलाई बताउनु भयो ।

पर्दशनीमा विद्यार्थी आफैले निर्माण गरेका दिगो विकास गार्डेन,स्मोक फिल्टर,बागमती वेस्ट म्यानेजमेन्ट,वाटर फिल्टर प्लान्ट,मैचाको अचार,अक्वा म्याजिक,बातावरणमैत्री महानगर,नेक्स्ट जेन सिटि,सोलार ड्रीप इरिगेशन,रोबुस्टा,रुद्रासा.कम,स्मार्ट मल्टी फंशन कार,फुट स्टेप पावर जेनेरेटर,अटो इरिगेशन सिस्टम,भाषा अनुवादक,अपसाईक्लिङ,भेन्डिङ मेसिन,हिडन फ्लेमस,फुड सेर नेपाल र फुड अडल्टरेशन सम्बन्धी २० वटा स्टलमा विज्ञान, प्रविधि र ब्यापर सम्बन्धि सामाग्री प्रस्तुत गरेका थिए ।

विद्यार्थीको चौतर्फी विकास जेभियरको प्रमुख उद्धेश्य रहेकोले यस्ता खाले गतिविधिलाई प्राथमिकता दिईएको जेभियर इन्टरनेशनल कलेजका सिईओ लोक बहादुर भण्डारीले बताए ।

विज्ञान,प्रविधि तथा व्यापार मेला भोलीसम्म चल्ने छ ।

कार्यक्रममा २० हजार बढी विद्यार्थीले मेला अवलोकन गर्ने आयोजकको दाबी छ ।

Comments (0)

No comments yet. Be the first to comment!

Leave a Reply

Please login to leave a comment.
Top