डडेल्धुराका साहित्यकार कैलाशकुमार पाण्डेय सम्मानित

डडेल्धुराका साहित्यकार कैलाशकुमार पाण्डेय सम्मानित

डडेल्धुराका साहित्यकार कैलाशकुमार पाण्डेय सम्मानित भएका छन् । १७औं पुस्तकालय दिवसको अवसरमा साहित्यकार पाण्डेयलाई नगदसहित सम्मान गरिएको हो । डडेल्धुरा सार्वजनिक पुस्तकालयले डडेल्धुरामा सबैभन्दा बढी कृति प्रकाशित गरेको भन्दै पाण्डेयलाई पाँच हजार नगदसहित सम्मान गरेको हो । 

पाण्डेयले डडेल्धुरामै बसेर ६ कृति प्रकाशित गरेका छन् । यस्तै, डडेल्धुरा सार्वजनिक पुस्तकालयले डोटेली साहित्य एवम् संस्कृतिको विकासमा डडेल्धुरा सार्वजनिक पुस्तकालयको भुमिका विषयक अन्तर सम्बाद आयोजना गरेको छ ।

पुस्तकालयले लक्ष्मी पुजाको दिन डडेल्धुराको धार्मिक तथा सास्कृतिक र डडेल्धुराको भौगोलिक अवस्था समेटेर पुस्तक प्रकाशन गर्ने निर्णय समेत गरेको छ । डडेल्धुरा धरोहर नामको पुस्तक प्रकाशन गर्ने जनाइएको छ । 

 

Comment

September 1, 2024 09:11

Great daju

September 1, 2024 09:12

Deserving sir

September 1, 2024 09:12

हार्दिक बधाई

September 1, 2024 09:12

हार्दिक बधाई अंकल

September 1, 2024 09:12

शुभकामना छ दाजु